बुटबल । विश्व शान्ति दिवसको अवसरमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान, मानव जीवनमा अतुलनीय, अनुकरणीय काम’ भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको बुटबलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बुटबल उपमहानगरका प्रमुख खेलराज पान्डेले बिश्व शान्तिको कामना गर्दै रक्तदान कार्यक्रम आयोजना गर्नु स्रहानीय कार्य भएको बताए । बुटबलका जनतामा रगतको अभाव हुन नदिन तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदन गन आफु प्रतिबद्ध रहेको उनको भनाई छ ।
कार्यक्रममा करिब ५० जना ब्यक्तिले रक्तदान गरेको नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेशका सदस्य तथा कार्यक्रम संयोजक गणेश प्रसाद सेडाईले जानकारी दिए । अस्पतालमा रगत नपाएर छटपटाएका बिरामीले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले बिश्व शान्ति दिबसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए ।
नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेशका सचिव मोतिप्रसाद पौडेलका अनुसार प्रत्येक अस्पतालमा रगतको कमी रहँदै आएको छ । त्यसकारण, बिभिन्न सन्दर्भ पारेर आयोजना गरिने रक्तदान कार्यक्रमबाटै रगतको अभाव परिपूर्ती गरिने बताए ।
कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाइटी अन्र्तगत ब्लड बैंकमा जम्मा गरिने नेपाल स्वास्थ्य कर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष नम नारायण बेलबासेले जानकारी दिए ।
नेपाल स्वास्थ्य कर्मी संघ लुम्बिनी प्रदेश समिति र नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देशीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।