काठमाडौं । नेपालका जाइका अल्मुनाई एसोसियन (जान)को लेटरप्याड र सोही संस्थाका अध्यक्ष डा. रामचन्द्र भुसालले नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एकसय भन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् ।
गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामजीक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना परीक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाले लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षण किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरु जापान पुगेको खुलासा भएको हो ।
यस सम्बन्धी छानमिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनको लागि एक महिनाको समय दिइएको छ ।
जानका अध्यक्ष भुसालल कुरा गर्दै भने– ‘हामीले गत असार पहिलो सातामा जानको भाषा परीक्षमा अनुत्तीर्ण भएकाहरु जापान पुगेको भेटेपछि सम्बन्धित मेन पावर कम्पनीलाई सोधेका थियौं । उक्त कम्पनीले ती व्यक्तिहरु जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो । जेठ २१ गते मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र मेरो हस्ताक्षर किर्ते गरिएको बनाइएको थियो ।
त्यसपछि हामीले असार ८ गत वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेन पावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह ग¥यौं ।’ उनले त्रिभुवन विमानस्थलको अध्यागमनमा ती कामदाहरुको प्रमाणपत्रलाई जानको चिठ्ठीसँग जुधाएर हेरेको भए यस्तो गलत काम हुने सक्ने दाबी गरे ।
आजको नेपाल समाचार पत्रिकामा खबर छ ।