काठमाडौं । संविधान दिवसका अवसरमा र सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफीमा प्रश्न उठेको छ । हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई कैद माफी दिइएपछि यस सम्बन्धमा प्रश्न उठेको छ ।
नेताहरुका अनुसार ढकाल जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति थिए । उनलाई संविधान दिवसका अवसरमा कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै सरकारले आममाफिका लागि राष्ट्रपति समक्ष पठाएको थियो । जो स्वीकार भएको छ ।
दाङस्थित घोराही कारागारमा सजाय भुक्तानी गरिरहेका ढकाललाई संविधान दिवस पारेर छुटाइएको हो । सर्वस्वसहित जन्मकैद सजाय पाए पनि माफी पाएर छुटेका ढकाललाई स्वागत गर्न कारागारको गेटमै तरुण दलका कार्यकर्ताहरु झन्डासहित पुगेका थिए ।
नेताहरका अनुसार ढकाललाई दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरे लगे । ४० प्रतिशत मात्र सजाय काटेका ढकाललाई माफी दिन जिल्ला कारागार बाटै सिफारिस गराइएको थियो । यो मात्रै नभएर सरकारको सिफारिसमा राष्ट्रपतिले गम्भी प्रकृतिका हत्यामा संलग्नहरुले पनि कैद माफ दिएका अन्य उदाहरण पनि छन् । टिकापुर हत्या काण्डमा तीन वटै अदालतबाट दोषी ठहर भएका रेशम चौधरीले पनि कैद माफी पाएका थिए ।
आजको मध्यान्ह पत्रिकामा खबर छ ।