काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.केशव पौडेलले गैरआवसीय नेपालीलाई शुभकामना दिएका छन् ।
गत बिहीबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको नियमवाली सार्वजनिक गरेको थियो । महासचिव पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘यो उपलब्धिका लागि समस्त हामी एनआरएनमा बधाई र खुसी बाँड्न चाहन्छौँ ।’
उनले गैरआवसीय नेपाली नागरिकता प्राप्तिको अभियानमा लाग्ने राजनीतिकर्मी, संघका नेतृत्व तथा अभियन्तामा पनि आभार प्रकट गरेका छन् ।
नागरिकताको माग नै अन्तिम आवश्यकताको माग नभए पनि प्राप्त उपलब्धिको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरतालगायत नेपाली नागरिकसरहको अधिकारका लागि प्रयास भने जारी राख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । ११ औँ महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएका पौडेल हाल विभिन्न मुलुकका गैरआवासीय नेपालीसँग अन्तरक्रियामा छन् ।
आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।