कोरियन एयरलाई टिकट बेच्न रोक

हवाई सेवा सम्झौता र कूटनीतिक मर्यादाविपरीत नेपालको राष्ट्रिय ध्वजाबाहकलाई रोकेपछि प्राधिकरणले अक्टोबर २९ बाट कोरियन एयरलाई टिकट बिक्री गर्न रोक लगाएको हो ।

दियो पोस्ट  

काठमाडौं । नेपाल वायुसेवा निगमलाई उडान अनुमति नदिएर एकलौटी नेपालमा उडान भरिरहेको कोरियन एयरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले टिकट बिक्री नगर्न प्रचार गरेको छ ।

कोरियन एयरले कुटनीतिक मर्यादा र दुई देशबीचको हवाई सम्झौताको प्रावधानविपरित एकलौटी उडान भर्न खोजेको भन्दै प्राधिकरणले २९ अक्टोबरबाट टिकट बिक्री नगर्न पत्रचार गरेको हो ।

कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई पत्राचार गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले भने, ‘हवाई सेवा सम्झौताअनुसार एकदेशले दिएको उडान भर्ने वायुयानलाई अर्को देशले पनि उडान अनुमति दिनुपर्छ । नेपाल र कोरियनबीच सन् २००१ हवाई सेवा सम्झौता भएको थियो । २००४ मा सम्झौता संशोधन भएको छ ।

सम्भौताबमोजिम कोरियाले कोरियन र एसियन एयरलाइन्सले उडान भर्नको लागि पत्र पठाएको थियो । एसियनले नेपालमा चार्टर उडान भर्ने गरेको थियो । पछि कोरियाले हवाई सेवा निकायमबाट कारवाहीमा परेपछि उसले उडान बन्द गरेको छ । कोरियन एयरले भने नेपालमा नियमित उडान भरिरहेको छ । काठमाडौं–सिओलमा कोरियन एयरले साताको चार उडान गर्छ । कम्पनीले ईपीएसका कामदार लानुपरेको अवस्था भने संख्या थपेर उडान भर्ने गरेको छ ।

हवाई सम्झौता बमोजिम नेपाल सरकारले पनि कोरियामा उडानको लागि अनुमति दिन कूटनीतिक पहल गरेर ६ वर्ष अगाडि पत्राचार गरेको थियो । तर, कोरियाले विभिन्न बहान गरेर अनुमति नदिएको प्राधिकरणले जनाएको छ । नेपालको उडान रोकिएको छ तर नेपालमा कोरियन एयरले उडान भरिरहेको छ, ‘सूचना अधिकारी भूलले भने, यसरी एकतर्फी उडान भर्दा भाडामा एकाधिकार कायम भएको छ । यात्रु मारमा परेको गुनासो बारम्बार आएका कारण उडान रोक्न पत्राचार गरेका छौं ।

यस अघि पनि नागरिक उड्डयन मन्त्रालयले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयर बढी भाडा लिएको भन्दै पटक–पटक प्रश्न गरेका थिए ।
प्राधिकरणका सूचना अधिकारी भूलले भने, ‘आगामी जाडो यामको उडान तालिका अक्टोबर २९ बाट बन्द गर्न कूटनीतिक तरवबाट पनि जाकारी दिनेछौं । यो समयमा कोरियन सरकारले सम्झौताको पालना गरेर नियमलाई उडान भर्न दिएको खण्डमा उडान निरन्तर हुन्छ, नभए बन्द गछौं ।

गत वैशाखमा नागरिक उड्डयानमन्त्री सुदन किरातीले कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढी भाडा लिएको भन्दै प्रश्न गरेका थिए । उनले कुनै मुलुकमा ट्रान्जिट भएर कोरिया जाँदा ७० हजार भाडा लाग्ने तर सिधै जाँदा कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने गरेकामा पनि प्रश्न उठाएका थिए ।

मन्त्रालयका अनुसार विगतमा नेपाल वायुसेवा निगमले वाइड बडी एयरबस ३३० विमान खरिद गरेपछि कोरिया उडान भर्नका लागि चासो व्यक्त गरेको थियो । निगमले कोरिया उडानको लागि लामोसमय देखि प्रक्रिया थाले पनि कोरियन सरकारले सेफ्टी अडिट गर्नुपर्ने बहानामा अनुमति दिएको छैन । नियमित उडान गर्न कोरियाको भूमि पूर्वधार तथा यतायात मन्त्रालयबाट निगमको सेफ्टी अडिट गर्ने भनिएअनुसार अहिले एक उपसमिति बनाइको छ ।

आजको कारोबार पत्रिकामा खबर छ ।

सिफारिस