सल्यान जीप दुर्घटनाः २ जनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते

दियो पोस्ट  

सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा.१ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका–१८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेका छन् । दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको प्रहरीले जनाकारी दिए ।

दुर्घटनाबारे बिहान सवा ६ बजे प्रहरीले सूचना पाएका थिए। तीव्र गतिका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको आकलन गरेको छ ।