शिक्षकहरूको सडकमै सुतेर विरोध प्रद्धर्शन

दियो पोस्ट  

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिँदै बानेश्वरको सडकमा सुतेर विरोध गरेका छन् ।

शुक्रबार साँझ भएको सरकार र नेपाल शिक्षक महासंघबीच सहमतिमा आफ्नो माग समाधान नगरेको भन्दै आन्दोलन नरोकेका उनीहरूले आज बबरमहल–माइतीघर सडकमा प्रदर्शन गरेका हुन् ।

पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।