सरकारलाई ओलीको प्रश्न-एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने, यो कस्तो काम हो हो ?

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले शिक्षकहरुसँग चलाखी नगर्न सरकारलाई चेतावनी दिएका छन्। सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले सरकारलाई यस्तो चेतावनी दिएका हुन्।

‘शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृह मन्त्रालयमा वार्ता हुने। एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने ! यो कस्तो काम हो होरु’ सरकारलाई ओलीको प्रश्न थियो। द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उनले सरकारलाई शिक्षकहरुसँग द्वन्द्व नगर्न र चलाखी पनि नदेखाउन उनको चेतावनी थियो।

शक्ति विभाजित हुन सक्ने तर सत्य विभाजित नहुने बताएका ओलीले भने, ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सत्य एउटै हुन्छ। सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ।’

सिफारिस