मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात

दियो पोस्ट  

पोखरा । पोखरामा बिरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई असहज महसुस भएको भन्दै उपचारका लागि अस्पताल ल्याइएको र उनको उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

दिनभरि डुलाइएको तर के भएको भन्ने जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात गर्नुका साथै अस्पतालका केही सीसाहरू समेत फुटाएका छन् ।

अस्पताल परिसरको स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन भइरहेको छ ।