रास्वपााका सांसद कार्कीको कार्यक्रममा सहभागी हुँदा जागिर घरापमा

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसद डा. तोसिमा कार्की प्रमुख अतिथि रहनुभएको एक कार्यक्रममा सहभागी भएका कारण यहाँका एक जना कर्मचारीको जागिर घरापमा परेको छ ।

यही असोज ६ गते डाटीको पूर्वीचौँकी गाउँपालिका–४ मा रास्वपाका सांसदा डा. कार्की सहभागी कार्यक्रममा उपस्थित भएर आषना पीडा तथा गाउँपालिकाका अन्य करार कर्मचारीले भोग्दै आएको समस्यासहितका पीडाका विषयमा बोल्दा नायव प्राविधिक सहायक (कृषि करार सेवा) अन्गर्त कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको हो ।

कर्मचारी आचरसंहिता विरुद्ध कार्यक्रममा सहभागी भएको, कार्यलयको स्वीकृति बेगर कार्यलयका विरुद्धमा बोलेको भन्दै सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलद्रारा स्पष्टीकरण सोधिएको हो । भण्डारीले सो पालिकाको वडानम्बर ६ को कार्यालय गाँजरीमा नायव प्राविधिक सहायक (कृषि करार सेवा) मा कार्यरत रहनुभएको छ ।

‘यही असोज ६ गते पूर्वीचौँकी गाउँपालिका –४ को वडा कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा कर्मचारी आचारसंहिता विरुद्ध सहभागी भएको, कार्यालयको स्वीकृति बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधानभन्दा बाहिर गएर बोलेको देखिएकाले सो सम्बन्धमा किन कारबाही नगर्ने ?’ प्रशासकीय अधिकृत लुईटेलद्धारा हस्ताक्षरित उक्त स्पष्टीकरणमा भनिएको छ ।

यसै गरी उक्त स्पष्टीकरणको दुई दिनभित्रमा जवाफ दिन समेत भनिएको छ । दुई दिनभित्र जवाफ नदिए सात दिनभित्र करार सम्झौता रद्द हुनेसमेत जानएको छ । यस विषय थप बुझ्न नायव प्राविधिक सहायक (कृषि करार सेवा) अन्तर्गत कार्यरत भण्डारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

आजको नेपाल समाचारपत्र पत्रिकामा खबर छ ।

सिफारिस