पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

६ महिना कैद र ९८ लाख २९ हजार ५३७ रुपियाँ जरिवानाको फैसला

दियो पोस्ट  

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । दोस्रो संविधान सभा निर्वाचन प्रयोजनकालागि गठित गैरदलीय सरकारमा मन्त्री रहनुभएको श्रेष्ठलाई विशेष अदालतले सोमबार भ्रष्टाचारी ठहर गरेको हो । न्यायाधीशद्धय यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई भ्रष्टाचारमा कसुर ठहर गर्दै कैद तथा जरिवानको फैसला गरेको हो ।

विशेष अदालतका उपरजिष्टार धनबहादुर कार्कीले श्रेष्ठलाई ६ महिना तथा ९८ लाख २९ हजार ५३७ रुपियाँ जरिवानाको फैसला गरेको छ । सोहीबमोजिम सम्पत्ति जफतको पनि फैसला भएको छ । फैसलामा चित्त नबुझ्ने पक्षले अब एक तह माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन् । फैसला प्राप्त भएको मितिले ३५ दिनभित्र पक्षले सर्वोच्चमा पुनरावेदन गर्र्न सक्ने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने शिक्षक, शाखा अधिकृत हुँदै सचिव र मन्त्री हुँदासम्मको अवधिमा ४ करोड ४५ लाख २७ हजार ६६६ रुपियाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो । २०७८ फागुन १५ गते विशेषमा श्रेष्ठ तथा उनकी श्रीमती सरस्वती र छोरा सरोजलाई विपक्षी बनाई मुद्दा दायर भएको थियो । सार्वजनिक सेवा प्रवेश मितिबाट जाँच अवधिसम्म श्रेष्ठको ६ करोड ९० लाख १६ हजार ६२७ रुपियाँ सम्पत्तिमध्ये ४ करोड ४५ लाख २७ हजार ६६६ रुपियाँको स्रोत नखुलेको अख्तियारको जिकिर थियो ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।