एमाले अध्यक्षले प्रधानमन्त्री प्रचण्डलाई दिए सुझाव

शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउनुस्

दियो पोस्ट  

काठमाडौं । एमाले अध्यक्षले कपी ओलीले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल खेल्ने माध्यम नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सभालाई काठमाडौं स्थित भृकुटीमण्डपमा सम्बोधन गर्दै ओलीले त्यस्तो सुझाव दिएका हुन् ।

‘शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउनुस्, प्रधानमन्त्री जी । पीडकलाई थप पीडा दिएर शान्ति प्रक्रिया टुंगिदैन, घाउमा मलमपट्टी लगाएर, क्षतिपूर्ति दिएर टुंगिने हो, आफ्नालाई काखा, अरुलाई पाखा गरेर चल्दैन्,’ ओलीले प्रश्न गरे, ‘यो दसैँमा तपाईका कार्यकर्तालाई मात्र पैसा बाँड्नुहुन्छ कि, पीडीतहरुलाई पनि सारी लगाउनुपर्छ कि पर्दैैन ?’ सरकारमा बसेर संक्रमणकालीन न्याय टुंग्याउन सबै पीडितले समान रुपमा न्याय पाउने गरी कुनै काम नगर्ने, तर अन्तराष्ट्रिय मञ्चमा पुगेर सहयोग चाहियो भन्दै उनीहरुलाई गुर्हानुको कुनै अर्थ नभएको ओलीको टिप्पणी थियो ।

‘अहिले शान्ति प्रक्रियाको कुरा चलेको छ, अमेरिकाको महासभामा पुगेर प्रधानमन्त्रीले शान्ति प्रक्रिया सफल पारिदिनुस् भन्नुभएछ, ठीक छ तर यहाँ द्धन्द्धबाट पीडित उहाँबाट पीडितहरुले न्याय पाउनुपर्छ कि पर्दैन ? उनीहरु (द्धन्द्धपीडित) लाई सहयोग माग्नुभएको छ कि छैन ? तिनीहरुसँग सहयोग नमाग्ने, अन्तराष्ट्रिय समुदायसँग मागेर के हुन्छ ?’ ओलीले भने, ‘आफ्ना कार्यकर्ताजतिलाई पैसा बाँडेर अरुलाई चाहि रुवाएर शान्ति प्रक्रिया टुंगिन्छ ?’ मानवताविरुद्धको जघन्य अपराधमा कारबाहीका लागि प्रधानमन्त्री प्रचण्ड तयार भएको अवस्थामा मात्र शान्ति प्रक्रिया टुंगिने उनको भनाइ थियो ।

माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारीलाई दुई–दुईपटक संविधानको कानुन विपरीत सेनालाई दबाब दिएर म्यादा थप गराएकोमा पनि ओलीले गम्भीर आपत्ति जनाए । सेना जस्तो उच्च गरिमाय संस्थालाई संविधान र कानुनविपरीत काम गर्न दिने जस्तो गलत काम गरेको भन्दै ओलीले तत्काल सच्याउन चेतावनीसमेत दिए ।

उनले सरकारी निवास बालुवाटारमा राष्ट्रसेवक सुरक्षाकर्मीलाई ज्वाइँलाई गेटबाट भित्र पस्न नदिएको नाममा दुई तह पद घटुवा गरेर प्रधानमन्त्रीले नेपाल देश, सुरक्षाकर्मी र कर्मचारीलाई निजी बपौठी ठानेर व्यवहार गरेको भन्दै उनले गम्भीर आपत्तिसमेत जनाए ।

आजको नयाँ पत्रिकामा खबर छ ।

TATA ADD