दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद, ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन प्रहरीले बरामद गरेको छ ।

तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सुन जस्तो देखिने चार थान बिस्कुट सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो सुन अहिले परीक्षणका लागि पठाएका प्रहरीले जनाकारी दिए ।