अवैध लागूऔषधसहित चितवनमा एक जना पक्राउ

दियो पोस्ट  

चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामा पक्राउ परेका छन् ।

उनलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित शुक्रबार बिहान प्रहरीले
पक्राउ गरेको हो ।

लामाले आफ्नै घरमा लागूऔषध बेचबिखन गर्ने कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

सोही सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले लामाको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।