काठमाडौँ । सरकार र आन्दोलनरत राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ।
संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु असोज ३ गतेदेखि आन्दोलित भएका थिए। सरकारले शिक्षक महासंघसँग गत शुक्रबार सहमति गरेपनि राहतले आन्दोलन जारी राखेका थिए ।
आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहमति गरेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईंले बताए ।
सरकारले मागहरु सम्बोधन गर्ने सहमति जनाएपछि आफूहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।