काठमाडौं । काठमाडौंको सनसाईन अपार्टमेन्टमा बस्दै आएका निर्भयबाबु प्रसाईंले महेश बस्नेतको संरक्षणमा गुन्डागर्दी गर्दै आईरहेको खुलेको छ ।
दियोपोष्टलाई प्राप्त अडियोमा उनले आफूलाई एमाले नेता महेश बस्नेतको ‘राईट ह्याण्ड हुँ’ भनेर परिचय दिएका छन् । उनले सोभा पाठकलाई तह लगाउने ‘जोन’ भन्ने व्यक्तिसमेत आफू रहेको खुलाएका छन् । नाम खुलाउन नमिल्ने एकजना व्यक्तिसँगको टेलिफोन कुराकानीमा उनले महेश बस्नेतको आवरणमा आफूले जे पनि गर्न सक्ने धम्की दिएका छन् । सत्ता, शक्ति र अदालतसमेत आफ्नो पहुँचमा रहेकोले सकेको गरेर देखाउन चुनौतीसमेत दिएका छन् । सोभा पाठक जसले महेश बस्नेतविरुद्ध जबरजस्ती करणी, भ्रुण हत्या एवं चोरी-डाँकामा मुद्दा दायर गरेकी छिन् । उनको जाहेरीको आधारमा यो विषय अहिले कानुनी प्रक्रियामा छ ।
अदालतमा मुद्दा चल्दै गर्दा महेश बस्नेतको ‘राईट ह्याण्ड’ मै हुँ, ‘सोभा पाठकलाई तह लगाउने पनि मै हुँ’ भन्दै अर्का एकजना व्यक्तिलाई थर्काईरहेको निर्भयबाबु प्रसाईंको कल रेकर्ड सार्वजनिक भएको हो ।