एआईजी ज्ञवालीसहितका प्रहरीको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवाली र ३ प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)ले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजीपी ज्ञवाली, डीआईजीपी केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेकोमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले उक्त मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले उमेर हदअनुसार अवकाशमा नपठाउन माग गर्दै १२ भदौमा सर्वोच्चमा रिट दिएका थिए ।

प्रहरी नियमावली–२०७१ अनुसार प्रहरी निरीक्षक ५२ वर्ष र डीआईजीपी तथा एआईजीपी ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । एआईजीपी ज्ञवाली ५६ वर्षे उमेरहदका कारण भदौ २५ मा अनिवार्य अवकाशमा जाँदैछन् ।

सम्बन्धित खबर

सिफारिस