चोरीको चेक लिएर कास्की सहकारीको अध्यक्ष कोइरालाको जालसाँझी : मुद्दा लगाएर ठगी गर्ने प्रपञ्च

दियोपोस्ट संवाददाता

पोखरा । कास्कीका नवराज कोइराला एक प्रीन्टिङ व्यवसायी हुन् । उनै कोइरालाको गत वर्षको बैशाखमा पसलबाट अचानक २ वटा बैंकका चेकबुक हराए । सिदार्थ बंैक र एभरेष्ट बैंकको चेकबुक नै हराएपछि शंका लागेका ठाउँमा खोजे तर भेटाएनन् । त्यसपछि उनी चेक चोरी भएको भन्दै प्रहरी कहाँ पुगे । प्रहरीबाट पहिले बैंकलाई जानकारी दिनुुस् भन्ने सुझाव पाएपछि उनी तत्काल आफ्नो चेकबुक हराएको निवेदनसहित दुईवटै बैंक पुगे । त्यसपछि बंैकले उनको खाता रोक्का गरिदियो । नवराजले चेकबुक हराएको कुरा पत्रिकामा सूचना पनि निकाले तर फेला परेन ।

उनका अनुसार हराएको चेक एकाएक अधिवक्ता दुर्गा कोइराला र सहकारी संघ कास्की जिल्लाकी अध्यक्ष सावित्रा कोइरालाले अदालत सम्म पुर्याएर लेनदेन मुद्दा पर्यो । त्यसपछि उनले आफ्नो चेक चोरी भएको चाल पाए । उनले यो कुरा तब मात्र चाल पाए जब सिद्धार्थ बैंकबाट सावित्रा कोइरालाको नाममा ५० लाख र अर्काे चेकमा ६० लाख रकमको भुक्तानी नभएको, खाता रोक्का भएको, हस्ताक्षर पनि नमिलेको, कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको र ७ दिनभित्रमा बंैकमा हाजिर हुनुपर्ने भन्दै सूचना आयो । उनी भन्छन् “सूचना आएपछि मसँग पहिले नै चेकबुक हराएको निवेदन अनि खाता रोक्का गरेको प्रमाण छ भन्दै राष्ट्र बैंक गएँ । राष्ट्र बैंकले सबै कुरा बुझेपछि सम्बन्धित बैंकलाई यो गलत छ भन्यो । अनि ब्ल्याक लिस्ट गरिएन । त्यसपछि बैंकबाट मलाई आएको सूचनामा व्यक्तिको नाम देखेपछि म जिल्ला प्रहरी कास्कीमा निवेदन दिन पुगेँ ।” आफ्नो चेक कसरी सावित्रा कोइरालासम्म पुग्यो भन्दै उनले आबश्यक कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए । तर सावित्रा कोइरालाले नै उनीमाथि लेनदेनको मुद्दा हालेकी थिइन् ।
सावित्राका जेठाजु अर्थात् दुर्गाप्रसादका दाजु कृष्ण प्रसाद कोइरालासँग नवराजले ५ आनाको घडेरी किनेका थिए । त्यसपछि दुर्गा प्रसाद र सावित्राका छिमेकी बने नवराज । २०७० सालमा उक्त जग्गा किनेदेखि नै कोइराला दम्पत्तिले आफू विरुद्ध विभिन्न बहानामा मुद्दा दर्ता गर्दै आएको नवराज बताउछन् । “मलाई घर नक्सा गराउन नदिने रोक्ने गर्दै उहाँहरुले मुद्दा दर्ता गरेपछि म पनि नियमअनुसार नै गए । पछि मुद्दा पनि मेरै पक्षमा भयो र त्यसपछि घर पनि बनाउन सकियो । त्यसपछि यो कुरा बीचमा हुने पनि भएन त्यतिबेलै सक्यो । तर फेरि उहाँसँग मेरो कुनै लेनदेन भएको छैन तर उहाँले मेरो चेक लिएर लेनदेन भयो भनेर यसरी मुद्दा हाल्नु भएको छ । यो कुरा मलाई साउनको २८/२९ तिर मात्रै थाहा पाए । मैले उहाँको जेठाजुलाई सपोर्ट गरेकै कारण मसँग रिसइबी साधेको जस्तो मलाई लाग्छ,” उनले भने ।

उनका अनुसार अहिले पनि दम्पत्ति कोइरालाले उनको जग्गा रोक्का गरिदिएका छन् ।

सम्पत्तिकै लागि भाइ–बुहारीको अपहरणमा परेका कृष्णप्रसाद अधिवक्ता दुर्गा प्रसाद कोइरालाका सह्रोदर दाजु हुन् कृष्ण प्रसाद कोइराला । ५९ वर्षीय कोइरालालाई भाइ–बुहारी २०६७ सालमा आफ्नो दाजुलाई अपहरण गरे त्यो पनि सम्पत्ति र पैसाका लागि । अपहरण शैलीमा लिएर डर त्रासमा खाली कागजमा हस्ताक्षर गर्न लगाए । कारकापमा पारेर खाली कागजमा तमसुक मंजुरनामा कागज, करारनामा, वारेशनामा, मालपोत कार्यलयको राजीनामा कागजहरु बनाएका थिए । २५ लाख रुपैयाँ कृष्णप्रसादले बुहारी सावित्राबाट लिएर फिर्ता नगरेको भन्दै सावित्राले उनीविरुद्ध मुद्दा दर्ता गरिन् । दुर्गाप्रसाद अधिवक्ता भएकै कारण अदालतमा पनि उनको प्रभाव निक्कै थियो । यही कारण पनि यी सावित्राले उक्ता मुद्दा जितिन् । नवराज भन्छन् ,“सावित्राले उक्त मुद्दा जितेपछि लिलाम पनि निकालिन् । उक्त लिलाम बाफतको पैसा कृष्णप्रसादले सर्वाेच्चमा दिनु हालिदिनु भयो । उहाँहरुले घर पनि लिने जग्गा पनि लिने भएपछि अब हामी झगडा पनि गर्दैनौं यी कागजहरु यही अदालतमा च्यातिदियौं,बझायौं भनेर आफ्नो स्वार्थ पुरा भएपछि मिलपत्र गर्नुभयो ।”
नवराजले बोलका कुराहरु अदातलका विभिन्न कागजातबाट पनि प्रमाणित हुन्छ । २०७५ बैशाख ६ मा उनीहरुबीच मिलापत्र भएको थियो । उच्च अदालत पोखराका तत्कालिन मुख्य न्यायधीश डिल्लीराम आचार्य र न्यायधीश ऋषीराज भण्डारीको इजलासले उनीहरुको मिलापत्र गराएको थियो । त्यतिबेला सावित्रा कोइरालाले आफूबाट जेठाजु कृष्ण कोइरालाले २५ लाख रकम लिएको दाबी गरेकी थिइन् तर उक्त रकम आफूले लिदै नलिएको उनको भनाई छ । आफूलाई उल्टै कारकापमा पारेर खाली कागजमा जबरजस्ती छाप लगाएको कृष्णप्रसादको भनाई थियो । तर पछि फेरि यसरी अदातलमा मिलेको कुरालाई कोट्याएर कोइराला दम्पत्तिले लेनदेनको मुद्दा दर्ता गरिन् । जेठाजु कृष्णप्रसाद विरुद्ध उनले कालिकोटका एकजना मान्छे नै खडा गरेर वृद्ध जेठाजुको फाइदा उठाउदै सम्पत्तिको आश्वासन दिएर कालिकोटबाट नै लेनदेनको मुद्दा हाल्न लगाएकी थिइन् । यद्यपी अहिले सावित्राको झुटो आरोप चाल पाएपछि ति व्यक्तिले मुद्दा फिर्ता लिइसकेका छन् ।

सम्बन्धित खबर

सिफारिस