वडा अध्यक्ष विमल श्रेष्ठद्वारा समाचारप्रति खण्डन

दियोपोस्ट संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ का वडाध्यक्ष विमल श्रेष्ठले दियोपोष्ट डटकममा प्रकाशित समाचारको ध्यानाकर्षण गर्दै खण्डन गरेका छन् । दियोपोष्टमा गत भदौ १८ गते “सरकारी जग्गा हडप्ने सुकुटे विच रिसोर्टसँग वडा अध्यक्ष श्रेष्ठको १ करोडको डिल” शिर्षकमा प्रकाशित समाचारप्रति उनले खण्डन गरेका हुन् ।

“दियोपोष्ट अनलाईन मिडिया तथा दियो पोष्टकै यु ट्युव च्यानलवाट समेत सत्य तथ्य भन्दा फरक कपोकल्पित र भ्रामक तरिकाले व्यक्तिगत चरित्र हत्या हुने गरी वाहिर आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको र आपत्तिजनक महशुस गरिएको छ । किनकि कुनै अमुक व्यक्तिले पठाएको सेतो कागजमा कालो अक्षरले लेखिएको सहयोग आदानप्रदान सम्वन्धि सहमतिपत्र भनेर वनाइएको न्यूजमा त्यस कागजमा कसैले हस्ताक्षर र सही छाप गरेको छैन तर वडाले डिल गर्याे भनी समाचार सार्वजनिक रुपमा प्रकाशन र प्रशारण गर्नु न्याय संगत छैन किनभने उक्त सामाग्री मार्फत वडा अध्यक्षको परिवार लगायत आम जनतामा अर्थहिन नकारात्मक भ्रम सिर्जना हुन पुगेको छ ।” उनले गरेको खण्डनमा उल्लेख छ ।

यस्तो छ खण्डनको पूर्णपाठ

सम्बन्धित खबर

सिफारिस