वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित रंगेहात पक्राउ

जनकपुरधाम उपमहानगरपालिका

दियोपोस्ट संवाददाता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको बर्दिबास अख्तियारले जनाएको छ ।

उनका अनुसार वडाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस