सैनामैनामा फर्निचर ब्यवसायीले गरे आत्महत्या

Guest
रीता बुढाथोकी

बुटबल । रुपन्देहीको सैनामैनामा एक फर्निचर ब्यवसायीले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका वडा नम्बर ६ का ३८ वर्षिय विष्णु न्यौपानेले आफ्नै पसलको सटर बन्द गरी पंख्खामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

मृतक न्यौपानेले मंगलबार दिउँसो ३ बजेतिर पासो लगाई आत्महत्या गरेको प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जानकारी दिए । न्यौपानेले के कारणले आत्महत्या गरेका हुन् भन्ने बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

मृतक न्यौपानेको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल लगिएको छ । पोष्टमार्टमपछि रिर्पोटका आधारमा थप अनुसन्धना गरिने निरिक्षक अधिकारीले जनाए ।

मृतक न्यौपानेले सैनामैनास्थित रामापुर कोलोनी नजिकै पर्दा, कार्पेटलगायत फर्निचरको ब्यबसाय गर्दै आएका थिए ।

सिफारिस