प्रहरी कार्यालय भित्रै तास खेल्ने ‘जुवाडे प्रहरी’लाई विभागीय कारबाही

दियोपोस्ट संवाददाता  

काठमाडौं ।  प्रहरी कार्यालयलाई जुवातासको अखडा बनाउने प्रहरी सहायक निरीक्षक सहित पाँच जना प्रहरीलाई कार्बाही गरिने भएको छ । काठमाण्डौ–३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकृष्ण थापासहित पाँच जनालाई कारबाही गर्न लागिएको हो ।

आफ्नो डिउटी समयलाई छलेर कार्यालय प्रमुख थापासहित पाँच जना प्रहरी कार्यालयमै जुवातास खेलिरहेको अवस्थामा गत शनिबार फेला परेका थिए । सो बारे दियोपोष्टले एक भिडियो सामाग्री समेत प्रसारण गरेको थियो ।

नरेफाँट प्रहरी चौकीमा हाल शैलेन्द्र केवटको कमाण्डमा नयाँ टोली खटाइएको छ भने घटनामा संलग्न उनीहरु पाँचै जनालाई कारबाहीका लागि प्रहरी बृत्त नयाँ बानेश्वर तानिएको छ ।

उनीहरुलाई कारबाहीका लागि अनुसन्धान अघि बढेको उपत्यका प्रहरी कार्यलय काठमाडौंका वरिष्ठ उपरीक्षक एवं प्रवक्ताले बताए । घिमिरेका अनुसार उनीहरु माथि हुने कारबाहीबारे बयानपछि मात्रै थाहा हुनेछ ।

सिफारिस