इन्जिनियरिङ क्षेत्रमा युवालाई ‘डिसकरेज’ गर्ने डरलाग्दो सामन्तवाद : उपाध्यक्ष मैनाली

दियोपोस्ट संवाददाता

काठमाडौं । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले इन्जिनियरिङ क्षेत्र भित्र यूवालाई डिसकरेज गर्ने डरलाग्दो सामन्तवाद रहेको बताएका छन् । इन्जिनियरिङ क्याम्पसमा थापाथलीमा प्राविधिक बिशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई उद्घाटन गर्दै मैनालीले यस्तो बताएका हुन्।

इन्जिनियरिङ क्षेत्रभित्र युवालाई नमान्ने दाई प्रथा भएको भन्दै हरेक दलका युवा उम्मेदवारलाई छानी छानी मतदान गर्न पनि आग्रह गरे ।

‘इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो समान्तवाद छ । यूवालाई नमान्ने प्रवृत्ति छ । दाई प्रथा छ । क्षमता भएका यूवाले शिर्ष पदमा उमेदवारी दिंदा कर्के नजरले हेर्ने चलन छ । यो पुरातन प्रवृती हो’, उनले भने, ‘मुलुकका कैयन क्षेत्रमा सक्षम यूवाहरु शिर्ष नेतृत्वमा पुगेर यूवा क्षमतालाई सावित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा भने यूवा उमेदवार माथील्लो पदमा उमेदवावार हुँदा हल्का रुपमा लिने उडाउने ‘ट्रेन’ रहेको छ । यसलाई फेरौं । बरु दल नहेर्नुस । हरेक दलका यूवा उमेदवाररुलाई छानी छानी मतदान गर्नुस ।’

जति ठूलो भष्टाचारी , त्यति धेरै पैसा , उति नै धेरै भोटको परम्परा तोडेर नयाँ परिभाषा निर्माण गर्न तयार नभए इन्जिनियर्स एशोसियनको पुनर्संरचना संभव नभएको भन्दै चुनावमा यूवाहरुलाई प्रथमीकताका साथ मतदान गर्न समेत इन्जिनियरहरुलाई सुझाए ।

सम्बन्धित खबर

सिफारिस