भोटेकोसी नदिमा बोलेरो खस्यो, पानीको सतह बढेकोले उद्दारमा समस्या

दियोपोस्ट संवाददाता

सिन्धुपाल्चोक । गएराती बाह्रबिसे नगरपालिका ६ स्थित छ्याक्सा ढुङ्गा खानी भन्ने ठाँउबाट भोटेकोसी नदिमा बोलेरो खसेको छ। करिब ३ बजे बाह्रबिसे तातोपानी चल्ने बोलेरो भोटेकोसी नदिमा खस्दा चालक सहित बोलेरोमा सवार बेपत्ता भएका छन।

गएराति करिब ३ बजे बाेलेराे खसेको हुनसक्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएकाे छ । बोलेरो र चालक सम्पर्कमा नआएपछि स्थानीय र आफन्तले खोजी गर्दा बोलेरो भोटेकोसी नदिमा खसेको स्थानीयले अनुमान गरेका थिए । बोलेरो चालक बाह्रबिसेका स्थानीय हुनसक्ने प्रहरीले जनाएको छ।

अरनिको राजमार्ग अन्तरगत बाह्रबिसे कोदारी सडकमा विद्युतको पोल खान्ने क्रममा मजदुरहरुले भोटेकोसी नदिमा बोलेरो देखेपछि नगरपालिका र इलाका प्रहरी कार्यालयलाई खबर गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । अहिले बोलेरो नदिबाट निकाल्ने काम भइरहेपनी भोटेकोसी नदिमा बाढीको सतह बढेकोले उद्दारमा समस्या भएको बाह्रबिसे नगरपालिकाका मेयर बस्नेतले बताए । बोलेरोमा कति सवार थिए भन्ने पुष्टि भएको छैन। तस्बिर : निरोज चौलागाईं \ दियाेपाेष्ट

 

सम्बन्धित खबर

सिफारिस