सिद्धलेक ७ मा प्रशासनकै मिलेमतोमा धमाधम बालुवा तस्करी

दियोपोस्ट संवाददाता  

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ अमनटारमा अवैध रुपमा बालुवा उत्खनन् भएको छ । स्थानिय जनप्रतिनिधिको समेत मिलेमतोमा अवैध रुपमा उत्खनन् गरि गजुरी गाउँपालिका हुँदै विभिन्न स्थानमा बालुवा तस्करी भइरहेको हो ।

वडा नम्बर ७ का वडाध्यक्ष सानो गिरीलाई यस विषयमा प्रश्न गर्न सम्पर्क गर्दा खानी विभाग र गाउँपालिकाबाटै अनुमति लिएर उत्खनन् भएको बताए । उनले उत्खनन् गर्न गाउँपालिका अध्यक्षबाटै अनुमति आएको समेत उनले बताए ।

यता पालिका अध्यक्ष पर्शुराम खतिवडालाई सम्पर्क गर्दा आफू एक कार्यक्रममा रहेकाले केहीबेरमा सम्पर्कमा आउने बताए । तर, उनी सम्पर्कमा आएनन् । बालुवा तस्करीबारे प्रश्न गर्न प्रमुख जिल्ला अधिकारी रोजेन्द्रदेव पाण्डेलाई सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् ।

TATA ADD

सिफारिस