काठमाडौं । प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।
सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए ।
सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन् ।
खास गरी रास्वपा सभापति रवि लामिछाने सहकारी गठीमा संलग्न छन् वा छैनन् भन्ने छानबिन गरी प्रतिवेदन तयार पारिएको छ । प्रतिवेदन सार्वजनिक नभएकाले यो विषयमा समितिले के निष्कर्ष निकालेको छ भन्ने यकिन भएको छैन । दोषीमाथि कारबाही सिफारिस गर्ने कार्यादेशसमित संसदीय समिति बनाइएको थियो ।