तस्बिरमा नयाँ धरहरा

दियोपोस्ट संवाददाता

काठमाडाैं । सरकारले आज संविधान दिवसको अवसर पारेर नवनिर्मित धरहरा सर्वसाधाराणका लागि खुला गरेको छ ।

२०७२ सालको विनासकारी भूकम्पमा धरहरा ध्वस्त भएको थियो । पुरानै धरहराको स्वरुपमा नयाँ धरहरा निर्माण गरिएको छ । भुकम्प गएको करिब नौ वर्ष पछि धरहरा निर्माण सम्पन्न भएको छ । पुरानो धरहरा नौ तलाको थियो भने नयाँ धरहरा २२ तलाको छ । तर बाहिरबाट हेर्दा भने जम्मा ११ तलाको स्वरुपमा देखिन्छ । सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै बिहानै देखि  धरहरा अवलोकन गर्न आउनेको बाक्लो उपस्थिती देखिन्छ ।

११ बजे देखि खुल्ला गरिने धरहरा हेर्न मानिसहरु बिहानै देखि परिसरमा समय कुरेर बसिरहेका छन् । उपस्थितीहरु नयाँ धरहरा चढ्न अनि काठमाण्डौँ शहर हेर्न उत्साहित देखिन्थे। यसै संदर्भमा कैद गरिएका केही तस्बिरहरु तल हेर्न सक्नुहुन्छ ।

diyo

सम्बन्धित खबर

सिफारिस