दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस, के हो आरोप ?

बहस जारी

दियोपोस्ट संवाददाता

काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । विवादास्पद व्यवसायी प्रसाईंलाई प्रहरीले आइतबार दिउँसो आफ्नै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । परेका प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस गरेको हो।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ।

भक्तपुरबाट उनलाई साइबर ब्युरो लगिएको थियो। त्यहाँबाट अस्पताल लगेर उनको मेडिकल जाँच भएपछि प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए।

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।

सम्बन्धित खबर

सिफारिस