
फाइल
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सहकारीको रकम अपचलन गरेको भन्दै संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली रास्वपाको पार्टी कार्यालय जादै गरेको स्रोतले बताएको छ ।
संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो।
पूर्व उप–प्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सहकारी अपचलनको आरोप छ ।
सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइी छवि जोशीलाई प्रहरी केहीबेर अघि मात्रै पक्राउ गरिसकेको छ ।