दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो तीन दिन म्याद

दियोपोस्ट संवाददाता

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सम्बन्धित खबर

सिफारिस