
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीले रकम अपचलनमा रवि लामिछाने र जितेन्द्रबाबु (जीबी) राईले नै मुख्य रुपमा रकम अपचलन गरेको बयान दिएका छन् ।
जिल्ला प्रहरी, कास्कीसँगको प्रारम्भिक बयानका क्रममा उनले रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको र यसको मुख्य जिम्मेवार रवि लामिछाने र जीबी राई नै रहेको बताए । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालकसमेत रहेका जोशीमाथि तीनवटा कसूरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान हुनेछ । जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ ।