अबको चार दिनसम्म देशभर अत्याधिक वर्षा हुने, ५६ जिल्ला जोखिममा

दियोपोस्ट संवाददाता

काठमाडौं । बिहीबारदेखि चार दिनसम्म देशका धेरैजसो ठाउँमा अत्याधिक वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ५६ जिल्लामा बिहीबारदेखि चार दिनसम्म अत्याधिक वर्षा हुने अनुमान गरिएको हो ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कारण मेघगर्जन–चट्याङसहितको वर्षा हुने महमशाखाका मौसमविदले बताएका छन् ।

तराई भूभागका केही स्थानमा हावाहुरीको वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै सचेतना अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित खबर

सिफारिस