झ्याप्लेखोलाको पहिरोमा थप १६ शव भेटिए, मृतकको संख्या कति पुग्यो ?

झ्याप्लेखोला अपडेटः

दियोपोस्ट संवाददाता

धादिङ । धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलाको पहिरोमा आज मात्रै थप १६ शव भेटिएका छन्।

यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए।

प्रहरीकाअनुसार आज बिहान ११ः५५ बजेसम्म थप दुइटा बस र १६ शव भेटिएका हुन्।

घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएकाहरूको आफन्त घटनास्थलमा आएका छन् । गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् ।
घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस