
काठमाडौं । अबिरल वर्षाका कारण काठमाडौं उपत्यकामा बागमतीले शनिबार धनजनको ठूलो क्षति गर्यो। क्षतिसँगै यसले नदी किनारका बस्तीको बारेमा राजनीतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ।
आइतबार र सोमबार बहाव कम भएसँगै बागमतीले आफूमा समाहित भएका फोहोरहरू अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ।
खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन्।
शनिबार आएको बाढी–पहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।









