काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको गाडी शिवपुरी जंगलमा दुर्घटना, १२ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायस शिवपुरी जंगलमा दुर्घटनामा परेको छ। दुर्घटनामा १२ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको नुवाकोट प्रहरीले जनाएको छ ।

हायसमा चालकसहित १८ जना सवार रहेकोमा अरु सकुशल छन्। ग १ ख ४५३५ नम्बरको हायस पल्टिएर रुखमा अड्किएका कारण ठूलो क्षति हुन नपाएको उनले बताए।

झ्याप्लेखोलामा पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट हायस नुवाकोट हुँदै लमजुङतर्फ लागेको थियो।

सम्बन्धित खबर

सिफारिस