अखिल (क्रान्तिकारी) को सम्मेलनमा धकेलाधकेल, कुर्सी फालाफाल

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चलिरहेको नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल क्रान्तिकारीकाे २३ औँ सम्मेलनमा धकेलाधकेल भएको छ । उमेर हदको विषयलाई लिएर विवाद हुँदा धकेलाधकेल भएको हो ।

विवादकै क्रममा सम्मेलनमा आएका प्रतिनिधिले कुर्सी फालाफाल पनि गरेका छन्। अखिल क्रान्तिकारीले मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने तयारी गरेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेर हदको तयारी गरेको थियो।

२८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा उत्पन्न विवादले उग्र रुप लिएको हो । उमेर हद लागू गरेमा अहिले अध्यक्षका आकांक्षी रहेका १९ जना उपाध्यक्ष र एक जना महासचिव कोही पनि उम्मेदवार हुन पाउँदैनन्।

 

सम्बन्धित खबर

सिफारिस