मौसम विभागले कहाँकहाँ पहिरो जान्छ भनेर भनेको थिएन : प्रधानमन्त्री ओली

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागले देशका ५६ जिल्लामा रेड अलर्ट जारी गरेको भएपनि कहाँ कहाँ पहिरो जान्छ भनेर नभनेको बताएका छन्।

१० दिने अमेरिका भ्रमण सकेर सोमबार अपरान्ह नेपाल फर्किएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

रेड अलर्ट जारी गरेर सावधानी अपनाउन भनेको थियो सरकारले किन पूर्वतयारी गर्न सकेन ? भन्दै एक सञ्चारकर्मीले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा प्रश्न गरेका थिए।

तर, प्रधानमन्त्री ओलीले ती पत्रकारलाई उल्टै प्रश्न गरिदिए।

‘म तपाईंलाई सोध्न चाहन्छु, फोरकास्ट गरेको छ, रेड अलर्ट भनेर हो?,’ ओलीले भने, ‘तर कहाँ कहाँ पहिरो जान्छ त भनेको थिएन। भन्या थिएन नि त। गएपछि थाहा हुने कुरा भयो।’

उनले काठमाडौँमा यो प्रकारको डुबान समेत होला भनेर कल्पना समेत नगरेको बताए।

‘काठमाडौँमा यति डुबान हुनेगरी यस्तोगरी आउला भन्ने कल्पना पनि थिएन। अलर्ट त थियो। यस्तो कुरालाई हामीले वस्तुपरक ढंगले नै लिनुपर्छ,’ ओलीले भने।

सिफारिस