काठमाडौं । अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २०५ पुगेको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार साँझ दिएको जानकारी अनुसार हालसम्म २०५ जनाको शव फेला परेको हो।
काठमाडौं उपत्यकामा ५६ जना, कोसी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २४ जना, कोसी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
साथै काठमाडौँ उपत्यकामा २ हजार १ सय ५५ जना, कोसी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ।
बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् ।