
काठमाडौं ।अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिएको हो ।
उनी चिनियाँ नागरिक हुन्।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो।
यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको थियो । सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको थियो ।