बीरगंजमा गोली चल्यो, सत्यराज योगी पेस्तोलसहित प्रहरी नियन्त्रणमा !

दियो पोस्ट  

बीरगंज । प्रहरीले बीरगंजमा सत्यराज योगी भनिने सन्तोष दास तत्मामाथि गोली चलाएको छ । बुधबार चेकिङमा रहेको प्रहरी अधिकारीमाथि पेस्तोल तोकेर भागेपछि उनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर योगी घाइते भएका छन् भने उनको साथबाट पेस्तोल र त्यसमा लाग्ने १७ राउण्ड गोली र अञ्दाजी १ सय ७० ग्राम खेरौ रंगको धुलो जस्तो पदार्थ बरामद गरेको हो ।

बुधबार वीरगंजमा त्रास फैलाउनका लागि गोलीगठ्ठासहित प्रवेश हुँदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहर िकार्यलय पर्साले चेकप्वाइन्ट खडा गरि चेकिजाँच गर्ने क्रममा उनलाई फेला पारेको थियो । चेकजाँच गर्दा प्रहरीमाथि नै पेस्तोल ताकेर भाग्ने प्रयास गरेका थिए । प्रहरीले चलाएको गोली उनको दाईने घुँडामा लागेको थियो । प्रहरीले तत्काल नियन्त्रणमा लिएर उपचारको लागि नारायणी अस्पताल लगेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनी यसअघि समेत जेल सजाय काटेर आएको खुलेको छ । आर्थिक बर्ष २०६४÷०६५ मा हातहतियारको मुद्धामा पुर्पक्षका लागि जेल चलान भएका थिए । त्यस्तै ०६६÷०६७ मा पशुपती रोड करिडोर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरि हत्या गरेको कर्तव्य ज्यान मुद्धामा ८ बर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेर निस्किएको पाइएको छ ।

पछिल्लो समय वीरगंज क्षेत्रका उद्योगी, व्यापारी लगायत सर्वसाधारणहरुलाई समेट डरधम्की देखाएर रकम असुल्ने गर्ने गरेको समेत प्रहरी अनुसन्धानले देखाएको छ । वीरगंजका विभिन्न स्थानहरुमा विस्फेटक पदार्थ पड्काउने र सर्वसाधारणमाझ त्रासको वातावरण सिर्जना समेत गर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।