पाइपलाईनको उद्घाटनसँगै पेट्रोलियम पर्दाथको मुल्य २ रुपैयाँ प्रतिलिटरले घट्यो

Diyo post  

काठमाडौँ, भदौ २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । मंगलबार मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै निगमले मुल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजेर र मट्टितेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँले घटाइएको हो ।

मुल्य घटाइएपछि पेट्रोलको मुल्य १ सय ७ रुपैयाँ रहनेछ भने डिजल र मट्टितेलको मुल्य ९५ रुपैयाँ प्रतिलिटर रहने नेपाल आयल निगमले जनाएको छ ।

सम्बन्धित खबर