चितवन मेडिकल कलेजबाट विप्लवका छोरा प्रकाश चन्द पक्राउ

दियो पोस्ट  

काठमाडौँ, भदौ २५ । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनले प्रकाशलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरको हो । विभिन्न माग राख्दे केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत छन् । आन्दोलनको नेतृत्व विप्लवका छोरा प्रकाशले गरेका थिए ।

प्रकाश संगै आन्दोलनमा रहेका अन्य विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । आन्दोलनको क्रममा अस्पतालभित्रै प्रवेश गर सेवा प्रवाहमा अवरोध खडा गरेको भन्दै प्रकाश सहित अन्य आन्दोलनमा सहभागी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने सम्पुर्णलाई जिल्ला प्रहरी कार्यलय चितवनमा राखिएको छ ।