चितवन मेडिकल कलेजले हजार जना गरिब बिरामीको निशुल्क डेंगु परिक्षण गर्ने

चितवन मेडिकल कलेजले हजार जना  गरिब बिरामीको निशुल्क डेंगु परिक्षण गर्ने

चितवन, भदौ २५ । चितवन मेडिकल कलेजले निशुल्क रुपमा १ हजार विपन्न तथा गरिब बिरामीको डेंगु परिक्षण । भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यलय चितवनको अनुरोधमा चितवन मेडिकल कलेजल १ हजार गरिब विरामीमा डेंगुको परक्षण गर्न लागेको हो । डेंगुको परिक्षण भोलीदेखि नै शुरु हनुे चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिएका छन् ।

महामारीको रुप लिँदै गरेको डेंगु नियन्त्रणका लागि चितवन मेडिकल कलेजले निशुल्क रुपमा परिक्षण थालनी गर्न लागेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले बताएका छन् ।
हामीले मेडिकल सिटि चितवनमा विगतदेखि नै हाम्रो सामाजिक अभियान अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छौँ उनले भने, अहिले देशैभर डेगुको प्रकोप छ, यहि अवस्थामा स्थानिय सरकारलाई समेत सहयोग पुराउने लक्ष्य यो अभियान थालेको हौँ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार भोली बिहिबार बिहान ८ बजेदेखि एक औपचारिक कार्यक्रमका विच डेगु परिक्षण निशुल्क गर्ने जानकारी गराए ।

डेंगु प्रभावित विरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको समयमा चितवन मेडिकल कलेजले थालनी गर्न लागेको निशुल्क परिक्षणले डेंगु नियन्त्रणमा केही हदसम्म भएपनि सहयोग पुर्याउने सरोकारवालाहरुले बताएका छन् ।

हालसम्म डेंगुबाट ६ जनाको मृत्यु भइसकेको छ भने हजारौँ प्रभावितहरु अस्पताल भर्ना भएका छन् ।

Trending News