गुण्डा नाइके साजन गुरुङमाथि प्रहरीद्वारा गोली प्रहार !

दियो पोस्ट  

काठमाडौं, २७ भदौ । गुण्डा नाइकेको रुपमा परिचित साजन गुरुङमाथि प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाखाको टोलीले गुरुङमाथि राजधानीको गोलढुङ्गामा गोली चलाएको हो ।


खुट्टामा गोली लागेपछि गुण्डा नाइके गुरुङ घाइते भएका छन् । उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ ।

गोलढुङ्गास्थित फुलबारी रेष्टुरेन्टबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।