काठमाडौँ, भदौ २८ । काभ्रेस्थित चौरी देउराली गाउँपालिका–५ मा रहेको राधाकृष्ण मन्दिरको शिलालेख तोडफोड भएको छ । मन्दिरको शिलालेख तोडफोडको आरोप सोही वडाका वडा सदस्य बाबुराम चौलागाइलाई लगाइएको छ ।
स्थानियहरुका अनुसार व्यक्तिगत हिसाब नमिलेको कारणले बाबुराम चौँलागाइले मन्दिरको शिलालेख तोडफोड गरेका हुन् । अस्टमीका दिन उद्घाटन गरिएको राधा कृष्ण मन्दिर वडा सदस्यले चौँलागाईले नै भत्काएको उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताएका छन् ।
मन्दिर निर्माणका लागि उठाइएको चन्दाको विषयमा पारदर्शीता नभएको, शिलालेखमा क्रमअनुसार चन्दादाताहरुको नाम समावेश नभएको इत्यादी कारणहरुले स्थानीय व्यक्तिहरुमा पनि असन्तुष्ठ पैदा भएको चौरी देउराली गाउँपालिका–५ का वडाध्यक्ष राजकुमार गौतमले दियोपोस्टलाई जानकारी दिए ।
वडाध्यक्ष गौतमले चौँलागाईमाथि झुठो आरोप लगाइएको समेत बताए । यसअघिको मन्दिर निर्माण समितिमा समेत चौलागाई अध्यक्ष थिए । उनले नै युवाहरुलाई मन्दिर निर्माणको जिम्मेवारी दिएको वडाध्यक्षको भनाई छ ।
मन्दिर निर्माणमा लागि करिब ७ लाख चन्दा उठेको समेत वडाध्यक्ष गौतमले बताए । त्यसमा पारदर्शीता नहुँदा उद्घाटनको समयमा समेत विवाद भएको उनले बताए । मन्दिरको शिलालेख फुटाएको विषयमा वडा कार्यलय पनि गम्भिर रहेको तर जनप्रतिनिधिले नै फुटाएको आरोप भने गलत रहेको बताए ।
यता, केही स्थानिय र समितिले भने वडा सदस्य आफैले नै हतियारको प्रयोग गरि मन्दिरको शीलालेख फुटाएको आरोप लगाएका छन् ।