विप्लवका धादिङ जिल्ला सेक्रेटरी पक्राउ

Diyo post  

काठमाडौँ, भदौ ३१ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ पक्राउ परेका छन् ।

जिल्लाको सिद्धलेक गाउँपालिका–५ बस्ने गुरुङलाई धुनिवेशीको पिपलामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धािदङले जनाएको छ ।

प्रदेश ३–०२, ००७ प ०९२७ नम्बरको मोटरसाईकलमा यात्रा गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । धुनिवेशीबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यलय धादिङको कार्यलयमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

उनको साथबाट पाँच थान मोबाइल फोन र केही नगद बरामद गरिएको छ ।

नेकपा जिल्ला सेक्रेटरी गुरुङलाई ०७६ असार १० गते कालु पाण्डे मार्गमा विस्फोटक पदार्थ राखेको, ०७६ साउन १५ गते सिद्धलेक लेखाडाडामा रहेको एनसेल टावरमा बम विस्फोटन गराई ध्वस्त पारेको, साउन १६ गते थाक्रे गाउँपालिका–३ मा राखिएको एनसेलको टावरमा विस्फोटन गराएको, ०७५ फागुन ११ गते थाक्रे गाउँपालिकाको मान्खुमा रहेको एनसेलको टावर विस्फोटन गराई ध्वस्त पारेको, र फागुन २५ गते कालु पाण्डे मार्गमा बम राखी आतंकित पारेको आरोप लागेकाे छ ।

सम्बन्धित खबर