‘लिःल फङ (घले समाज)’ को प्रदेश ३ अध्यक्षमा सांसद धन बहादुर घले

दियो पोस्ट  

काठमाडौँ, असोज ५ । लिःल फङ (घले समाज) प्रदेश ३ को अध्यक्षमा धन बहादुर घले चुनिएका छन् । शनिबार भएको प्रथम भेलाबाट घलेलाई अध्यक्ष बनाइएको हो ।

‘लि लफङको अभियान – घले जातिको पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न भएको भेलामा विभिन्न किसिमका मौलिक साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । माछापोखरी देखि बनस्थलीस्थित कार्यक्रमस्थल सम्म र्याली निकालिएको थियो ।

भेलाले सांसद धनबहादुर घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा प्रविण घले प्रथम उपाध्यक्ष भएका छन् भने गुना घलेलाई द्वितिय उपाध्यक्ष चयन गरिएको छ । त्यस्तै पेम्बा घले सचिव, सहचिवमा गंगासिंह घले , कोषाध्यक्षमा लुरानी घले र सहकोषाध्यक्षमा टासी घले चयन भएका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै नवनिर्वाचित उपाध्यक्ष प्रविण घलेले विश्वभरका घलेहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अतिथिहरुले सफलताको शुभकामना व्यक्त गरे ।