इन्टरनेट र एसएमएसमार्फत यसरी हेर्नुहोस् कक्षा ११ को परिक्षाफल

दियो पोस्ट  

काठमाडौँ, असोज ७ । मंगलबार विहान राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को परिक्षाफल सार्वजनिक गरेको छ । देशभरिबाट आंशिक नियमित गरि ५ लाख ९ हजार ५२ जनाले परिक्षा दिएका थिए ।

कुल परिक्षार्थीमध्य ३१ जनाको परिक्षा रद्ध गरिएको छ । जसमा नियमिततर्फ १८ जना छन् भने आंशिक ग्रेडवृद्धीतर्फ ११ जना र आंशिक अंकांकनतर्फ २ जना रहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । त्यस्तै गरि ३ जना विद्यार्थीलाई राष्ट्रिय परिक्षा बोर्डबाट संचालन हुने कुनैपनि परिक्षामा सहभागी हुन नपाउने गरि रद्ध गरिएको छ ।

कसरी हेर्ने परिक्षाफल ?

राष्ट्रिय परिक्षा बोर्डले विभिन्न ५ वटा वेभसाइटमार्फत कक्षा ११ को परिक्षाफल सार्वजनिक गरेको छ । विद्यार्थीले राष्ट्रिय परिक्षा बोर्डको अफिसियल वेभसाइटमा गएर पनि आफ्नो नतिजा हेर्न सक्ने छन् । त्यस्तै नेपाल टेलिकमको वेभसाइट, इयुजोनिस्क एजेकेशन प्रालिको वेभसाइट, द कनेक्ट प्लस प्रालि नागार्जुनको वेभसाइट र कान्तिपुर डिजिटल कर्पोरेशन प्रालिको वेभसाइटमार्फत पनि नतिजा हेर्न सकिने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

एसएमएस मार्फत यसरी हेर्नुस्

इन्टरनेटको पहुँच नभएको स्थानमा एसएमएस मार्फत पनि कक्षा ११ को नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमबाट नतिजा हेर्नका लागि ठुलो अक्षरमा एनइबी लेखी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर राखेर १६०० मा एसएमएस गर्दा समेत नतिजा थाहा पाउन सकिन्छ ।

त्यस्तै कु्नैपनि सिम प्रयोगकर्ताहरुले ठुलो अक्षरमा एनइबी लेखेर एक स्पेस दिई ३५००१ मा एसएमएस पठाउँदा पनि तत्काल नतिजा थाहा पाउन सकिन्छ । सोही प्रकृयाबाट ३१००३ मा एसएमएस गरको खण्डमा पनि नतिजा थाहा पाइने वोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो बर्ष ए प्लस अर्थात ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्र्थी संख्या २ हजार ३ सय १९ जना रहेका छन् । त्यस्तै ए ग्रेड ल्याउने विद्यार्थी) संख्या १२ हजार ७ सय ७२ जना रहेका छन् । यसैगरि ३.२१ देखि ३.६० जिपिए अर्थात बी प्लस ग्रेडिङमा उत्र्तिण गर्ने विद्यार्थी संख्या ३२ हजार २ सय ५३ जना रहेका छन् भने ५४ हजार ८ सय १४ जना विद्यार्थीले बी ग्रेडमा उत्र्तिण गरेका छन् ।

सी प्लस ग्रेडिङ अर्थात २.४१ देखि २.८० जिपिए प्राप्त गर्ने विद्यार्थी सख्या ८४ हजार २ सय ३९ जना रहेका छन् । त्यस्तै १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।

TATA ADD

सिफारिस