पुर्व राष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले ब्यहोर्ने

दियो पोस्ट  

काठमाडौँ, असोज ९ । पुर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

बिहीबार मन्त्रीपरिषद वैठकको निर्णय सुनाउँदै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पुर्व राष्ट्रपति यादवको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् ।

भारतको चण्डीगढमा पूर्वराष्ट्रपति यादवको उपचार गर्दा लागेको खर्च भारतस्थित नेपाली दूतावासमार्फत तिरिदिने निर्णय भएको हो।

पुर्व राष्ट्रपति यादवलाई प्रोस्टेटको क्यान्सर भएको थियो । उनले अमेरिका र भारतमा उपचार गरेका थिए ।

TATA ADD