काठमाडौँ, असोज १० । दाङको सल्यानस्थित कपुरकोटमा तरकारी बोकेको गाडी दुर्घटना भएको छ । किमिचौरबाट तरकारी बोकेर कपुरकोट जाँदै गरेको लु १ च ४१४३ नम्बरको पिकअप सडकबाट २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
कपुरकोटमा शुक्रबार लाग्ने हाटबजारका लागि तरकारी बोकेको गाडी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६७ बर्षीय कर्मी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयल दाङले जनाएको छ । गम्भिर घाइते भएका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तरकारी बोकेको जीपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अत्याधिक लोडका कारण जीप दुर्घटनामा परेको हो । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।